(क) लक्षित कार्यक्रमको पहिचान
समाजले मुख्यतः राजनीतिक दलहरुका केन्द्रीय सचिवालयसंग निकट सम्पर्कमा रही उनीहरुसंगको छलफलको आधारमा दफा ५ मा उल्लेखित कार्यक्षेत्र अन्तर्गतका विषयहरुमा आवश्यकताको पहिचान गरी सोही बमोजिम कार्यक्रम निधारण गर्नेछ । यसरी कार्यक्रम निर्धारण गरिंदा राजनीतिक दलहरुसंग वेग्ला वेग्लै वा संयुक्त रुपमा पनि गर्नसकिने छ । यस्ता कार्यक्रमहरु केन्द्रीय स्तर, क्षेत्रीय स्तर तथा स्थानीय स्तरका समेत हुन सक्नेछन् ।
(ख) कार्यक्रम कार्यान्वयन
निर्धारण गरिएका कार्यक्रमहरु विषय–विज्ञहरुको सहयोगमा, समाज आफैले वा उपयुक्त राष्ट्रिय÷अन्तर्राष्ट्रिय संघ÷संस्थाको सहयोगमा समेत कार्यान्वयन गरिनेछन् । यसरी कार्यक्रम कार्यान्वयन गरिंदा सम्बन्धित राजनीतिक दलसंगको सहमतिमा दलको उपयुक्त व्यक्तिलाई समेत कार्यान्वयन समूहमा समावेश गरिनेछ, जसले गर्दा सम्बन्धित दलभित्र नै कार्यक्रम कार्यान्वयन क्षमतामा समेत अभिवृद्धि हुनेछ ।